३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ३४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ३ सय ३५ पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६६ प्रतिशत हो ।

File Photo

त्यस्तै, हालसम्म १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार २ सय २१ जना छन् ।

देशभर पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण हुँदा कुल ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV