३२ श्रावण २०७७, आईतवार
  • विनय तिम्सीना,

इलाम, ३२ साउन । इलामको देउमाई नगरपालिकाको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै देउमाई नगरपालिकाले मंगलबारे बजार एरिया सिल गर्ने निर्णय गरेको छ ।

देउमाई नगरपालिकाको वडा नंं ३, ४, ५, ८, ९ सिल गरिएको नगर प्रमुख सूर्य पोख्रेलले जानकारी दिनुभयो । देउमाई नगरपालिकाको शान्ति डाँडासम्म, नवमीबजार, धुसेनी सम्को एरिया सिल गरिएको पख्रेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सिल भएसँगै मंगलबारे बजारको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयबाट नयाँटोली देउमाई नगरपालिका आउने पनि पोख्रेलले बताए । नयाँ आएको टोलीलाई खाने बस्ने व्यवस्ता नगरपालिकाले छुट्टै गरिदिने पनि पोख्रेलले बताए ।

संक्रमितको कन्ट्याकमा आएहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि परिस्थिति हेरेर नगरपालिकाले अर्को निर्णय गर्ने पनि उनले बताए ।

LIVE TV