३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित जनता माध्यमिक विद्यालयको ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF), काठमाडौंले सोही नामको नयाँ समिति गठन गरिएको बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF), काठमाडौंले प्रेस विज्ञप्ती जारी गर्दै जनता मावि लोखिममा सञ्चालनमा आएको बाली विज्ञानको लागि विभिन्न योजनाहरु बनाउदै गरेको अवस्थामा गोप्य रुपमा सोही नामबाट अर्को समिति गठन गरिएको र दर्ता प्रक्रियामा पुगेको भन्ने जानकारीले दुःखित् बनाएको जनाउदै उक्त कार्यको समितिले घोर भत्सर्ना गरेको छ ।

‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF)

यसका साथै, ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF)सँग मिल्दो जुल्दो अर्को समिति गठन गरिएता पनि उक्त नयाँ समितिसँग कुनै सम्बन्ध नरहेको पनि जारी विज्ञप्तीमा प्रष्ट पारिएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना महामारीको समयमा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गर्दै लोखिमका जनप्रतिनिधि र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक स्वयं सोलुखुम्बुबाट काठमाडौं आई गोप्य रुपमा ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF),को नाम नै प्रयोग गरेर अर्को समिति दर्ता गर्न खोज्नुको पछाडि कुनै स्वार्थ लुकेको हुनसक्ने आशंका गरिएको छ ।’

त्यस्तै, जारी गरिएको विज्ञप्तीमार्फत् नै क्रियाशील ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF), काठमाडौंले जनता माविका लागि गर्ने सहयोग र काम कारबाही बारे पछिल्लो पटक गठन गरिएको नयाँ समितिसँग कुनै सम्बन्ध नराख्ने र नरहेको पनि स्पष्ट पारेको छ ।

साथै, क्रियाशील यस समितिले जनता माविका लागि गर्नसक्ने सहयोग र सहकार्य निरन्तर रहने पनि प्रतिबद्धता जनाएको छ ।

‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF), काठमाडौंले जारी गरेको विज्ञप्ती

कहिले गठन गरियो ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति (JSSESF), काठमाडौं ?

थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमका वडा अध्यक्ष एवं शिक्षा समितिका संयोजक भूपाल सिंह राईको संयोजकत्वमा वि.सं. २०६६/०७/२९ गते जनता माध्यमिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको ऐतिहासिक सम्मेलनबाट नवदूर्गा पार्टी प्यालेस, सुकेधारामा ‘जनता माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समिति ९व्क्क्भ्क्ँ०, काठमाडौंको गठन गरिएको थियो ।

समिति गठनसँगै उक्त समितिले विभिन्न बैठक बसी जनता माविमा सञ्चालनमा आएको बाली विज्ञान तथा समग्र विद्यालयको सुधारका लागि विभिन्न योजनाहरु बनाउदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV