
काठमाडौं, ३२ साउन । दुई दिनको ढिलाईपछि अमेरिका र दक्षिण कोरियाली सेनाहरुले संयुक्त युद्धाभ्यास मंगलबारबाट सुरु गर्ने भएका छन् ।
स्थानीय मिडियाका अनुसार दक्षिण कोरियाली सेनाका अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि वार्षिक रुपमा हुँदै आएको यस युद्धाभ्यासलाई दुई दिनको लागि पछाडि धकेलिएको थियो ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले आइतबार (आज) भनेका छन्, ‘कोभिड–१९ को स्थिति ध्यानमा राख्दै मंगलबारदेखि युद्धाभ्यास सुरु गरिनेछ ।’
समाचार एजेन्सी यनहैपका अनुसार उक्त प्रशिक्षण आइबार (आज)बाट सुरु हुनुपर्ने थियो, तर शुक्रबार यस युद्धाभ्यासमा सहभागी हुने एक आर्मी अफिसरमा कोरोना संक्रमण पुष्टि भएसँगै युद्धाभ्यासको समय पछाडि सारिएको थियो ।
कोरोना महामारीका कारण लगाइएको प्रतिबन्धलाई मध्यनजर गर्दै २८ अगष्टसम्म चल्ने यस वर्षको युद्धाभ्यास सानो स्केलमा गरिएको जनाइएको छ । यसमा अमेरिकामा तैनाथ सैनिकहरुले भने भाग लिने छैनन् ।
एक बयान जारी गर्दै सेना प्रमुखहरुले भनेका छन्, ‘यस वर्ष ‘कम्बाइन्ड डिफेंसन्स पाश्चर’मा ध्यान दिइनेछ । साथै, युद्धको दौरानमा गरिने सञ्चालन अभ्यास कोरियाली प्रायद्वीपमा आंशिक रुपमा गरिनेछ ।’ एजेन्सीको सहयोगमा)