३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । टर्की सरकारका अनुसार शनिबारसम्म टर्कीमा कोरोना भाइरस संक्रमणका कारण करिब ६ हजारको मृत्यु भइसकेको छ । यो वर्षको जुनपछि टर्कीमा कोरोना संक्रमणका कारण मृत्यु दर विकरालरुपमा बढ्दै गएको छ ।

यसै महिनादेखि टर्की सरकारले आफ्नो जनताको अवस्थाको अनुगमना गर्दै जाँचको लागि नयाँ नियम लागू गरेको थियो । अघिल्लो महिना स्कुल खुल्नु अगावै गर्मीका कारण स्वास्थ्यकर्मीहरुमा संक्रमण बढिरहेको डाक्टरहरुले चेतावनी दिइसकेका थिए ।

टर्कीका स्वास्थ्य मन्त्री फाहरेतिन कोज्जा

यसैबीच टर्कीका स्वास्थ्य मन्त्री फाहरेतिन कोज्जाले ट्वीट गर्दै पछिल्लो २४ घण्टामा १ हजार २ सय ५६ जना नयाँ संक्रमित थपिएका जनाएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टामा टर्कीमा २१ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्री कोज्जाले जानकारी गराएका छन् ।

योसँगै टर्कीमा कोरोना संक्रमितहरुको संख्या २ लाख ७८ हजार पुगेको छ । यसैबीच स्वास्थ्य मन्त्री कोज्जाले आफ्नो जनताहरुसँग मिलेर कोरोना महामारीसँग लढ्न अपील गरेका छन् ।

जुनको १ ताखिबाट टर्की सरकारले कोरोना महामारीका कारण लगाएको प्रतिबन्ध आंशिक रुपमा खुला गर्न सुरु गरेको थियो । त्यस्तै, हाल आएर टर्की सरकारले मास्क नलगाई बाहिर निस्कने र सार्वजनिक ठाउँमा सामाजिक दूरी कायम नगर्नेहरुलाई जरिवाना गर्दै आएको छ ।

टर्कीको स्वास्थ्यकर्मीहरुको एसोसिएसनले शुक्रबार मात्रै एक रिपोर्ट जारी गर्दै सरकारी एन्टिबडी टेष्टको आंकडा भन्दा पनि दश गुणा बढी संक्रमित हुनसक्ने जनाएको थियो । एसोसिएसनका अनुसार विगत पाँच महिनामा २७ जना डाक्टरहरु र ५३ जना स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV