३२ श्रावण २०७७, आईतवार

काठमाडौं, ३२ साउन । गायक तथा संगीतकार कन्काइष्ट राईको स्वरमा रहेको ‘फिदा छु तिम्रो रुपको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेपालमै पहिलापटक थ्रीडी प्रविधिको ध्वनी मिश्रण प्रयोग गरिएको छ ।

अर्जुन पौडेलको शब्द, मीन बिष्टको संगीत र कुमार थापामगरको एरेन्जमा तयार भएको गीत भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतको लिरिकल भिडियोलाइ थ्रीडी नेपाली म्युजिक ल्याबको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ ।

त्यस्तै, सार्वजनिक भिडियोको विष्ट स्वयंको दृश्य तथा परिकल्पना रहेको छ । नेपाली गीत संगीतमा थ्रीडी एवं ध्वनी मिश्रणहरुको प्रयोग नभएको कारण यस गीतमा पहिलोपटक अडियालाइ थ्रीडी मिश्रणहरुको प्रयोग गरिएको हो ।

यस्तो गीतलाइई एयरफोनको माध्यमबाट सुन्दा निक्कै आनन्द आउने टिमले बताएका छन् । दुई दशकभन्दा अगाडिबाट सांगीतिक क्षेत्रमा सकृय रहेका गाएक तथा संगीतकार कन्काइष्ट राईले तिम्ले माया लाउदा, मुटुभित्र देउन मलाइ बाँस, अरुकै सिन्दूरले सजिए पनि, काठमाडौको मायै महंगो लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएर श्रोताहरुको मन जितिसकेका छन ।

सार्वजनिक यस गीतको पनि चाडै भिडियो निर्माण गरिने र यस गीतले पनि दर्शक श्रोताको मन जित्ने राईको बिश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV