३२ श्रावण २०७७, आईतवार
  • दान बहादुर बुढा

साउन, ३२ गते । बिकट हिमाली जिल्ला मुगुलाई कोरोनाभाइरसबाट बचाउनको लागि ‘सेमि लकडाउन’ गरिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भदौ १ गतेदेखि १४ गतेसम्म ‘सेमि लकडाउन’ गर्ने नियर्ण गरेको हो ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढदै गएकाले मुगुबासीलाई कोरोना संक्रमणबाट बचाउन ‘सेमि लकडाउन’ गर्ने नियर्ण गरेकाे प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन केन्द्रका अध्यक्ष कृष्ण कुमार निरौलाले जानकारी दिनुभयाे ।

बाहिर जिल्लाहरुबाट स्थानीय तथा अन्य व्यक्तिहरु भित्रिने भएकाेले समुदायसम्म काेराेना नफैलियोस र समयमै संक्रमित पत्ता लागाेस् भनेर ‘सेमि लकडाउन’ गरेकाे निरौलाले जानकारी दिनुभयाे । उहाँले काेराेना परिक्षणको दायरा बढाउने पनि जानकारी दिनुभयाे ।

‘सेमि लकडाउन’मा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने बताइएको छ । अहिलेसम्म मुगुमा ५/६ जनामा मात्र कोरोना देखिएकाे छ । अहिले २ जना मात्रै आइसाेलेसनमा छन्, अरू सबै उपचारपछि घर फर्किसकेका छन् ।

बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने, पुनः सेनिटाईजर, सावुन, मास्क स्थानीयहरुलाई वितरण गर्ने, आवश्यक किड खरिद गर्ने निर्णय भएकाे बैठकमा सहभागी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनुभयो । उ

बैठकले कोरोना रोकथाम तथा उपचारमा सक्रिय भूमिका निर्वाह गर्ने स्थानिय सरकारहरु, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मि,र सरकारी संघ संस्था,नागरिक समाजहरुलाई धन्यवाद दिने र आगामी दिनमा पनि आफ्ना  गतीविधीहरु थप उर्जाशिल बनाई कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सहयोग गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

LIVE TV