३२ श्रावण २०७७, आईतवार
  • हरिशंकर शर्मा

वीरगञ्ज, ३२ साउन । वीरगञ्जमा सञ्चारकर्मी, नारायणी अस्पतालका स्टाफ तथा प्राइम फर्माका कर्मचारीसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज नारायणी अस्पताल तथा बिभिन्न क्वारेटाईनबाट गरिएको स्वाब संकलनको काठमाडौंस्थित प्रयोगशालमा गरिएको परीक्षणमा एकजना पत्रकार, नारायणी अस्पतालका गाइनो वार्डका २ जना, पारामेडिक वार्डका १ जना, सेक्युरिटी गार्ड १ जना, ओपीडी काउन्टर स्टाफ १ जना तथा सामाजिक सुरक्षा स्टाफ २ जना गरि ७ जना तथा प्राइम फर्माका स्टाफ ६ जनासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल अस्थायी कोभिड़ अस्पतालका इन्चार्ज डा निरज सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षको बृद्धासमेत रहेका छन् ।
संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना रहेका छन् ।

संक्रमित हुनेहरुमा वयोधा अस्पतालको कर्मचारी ३ जना, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगी पनि रहेको डा सिंहले बताउनुभयो।

यसरी नै संक्रमित हुनेहरु मध्ये वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १३ जना, पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना बहुदरमाइ नगरपालिकाका १ जना रहेका छन् ।
त्यसैगरी बारा जिल्ला महागढीमाई नगरपालिकाका १ जना र कलैया उप महानगरपालिकाका १ जना रहेका छन् ।

LIVE TV