३२ श्रावण २०७७, आईतवार

वीरगञ्ज, ३२ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीको पछिल्लो दुई पटकको परीक्षणमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । रेम्डेसिभिरको फुल डोज लिइसकेपछि पनि पछिल्लो पटक गरिएको परीक्षणले उहाँको स्वास्थ्यमा सुधार नभएको संकेत जनाएको हो ।

मेयर बिजय कुमार यतिबेल होटेल सोल्टीको क्वारेन्टाइनमा बसिरहनुभएको छ । कोरोना पोजेटिभ भएका उहाँको श्रीमति र छोरीको भने नेगेटिभ रिपोर्ट आइसकेको बताइएको छ । उहाँलाई गत साउन १५ मै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँले सामाजिक संजाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV