३२ श्रावण २०७७, आईतवार

एजेन्सी, ३२ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फ्रान्सेली क्लब लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। आइतबार बिहान भएको खेलमा सिटीलाई ३–१ ले पराजित गर्दै लियोनले सेमिफाइलनको यात्रा तय गरेको हो ।

पोर्चुलको लिस्बोनमा भएका खेलमा लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई तथा म्याक्सवेल कोर्नेटले एक गोल गरे। सिटीका लागि केविन डी ब्रुयनले एक गोल गरे। २४ औँ मिनेटमा कोर्नेटले गोल गरी लियोनलाई अग्रता दिलाएका थिए। ६९ औँ मिनेटमा केविनले सिटीका लागि बराबरी गोल गरे। डेम्बेलेले लगातार ७९औं र ८७ औँ मिनेटमा गोल गरेपछि सिटी स्तब्ध हुन पुग्यो।

लियोनले फाइनल प्रवेशका लागि बार्यन म्युनिख प्रतिस्पर्धी पाएको छ। गर्नेछ। बार्यनले हिजोको खेलमा बार्सिलोनालाई ८–२ ले हराउँदै सेमिफाइनलको पुगेको थियो। अर्काेतर्फ फ्रान्सेली क्लब पीएसजी र जर्मन क्लब लाइप्जिग फाइलनका लागि प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV