३२ श्रावण २०७७, आईतवार
  • केदार शर्मा

चितवन, ३२ साउन । चितवनको भरतपुर कोरोना परीक्षण प्रयोगशालामा शनिबार गरीएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीलेदिएको जानकारी अनुसार चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर महानगरपालिका वडा नं.३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । यस्तै रत्ननगरका क्वारेन्टिनमा रहेका चार जनामा पनि संक्रमण पुष्टि भएको छ । रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका र महिला ३५ वर्षीया हुन् ।यस्तै खैरहनीको क्वारेन्टिनमा रहेका ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै २ जना नगरपालिका–८ का बासिन्दा हुन् ।

यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाकी प्रमुख डा.अधिकारीका अनुसार शनिबार भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरीएका कुल ४७४ नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV