३१ श्रावण २०७७, शनिबार

काठमाडौं, ३१ साउन । विश्व फुटबलको कार्यकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल महिला यथावत स्थानमा रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा छ । अघिल्लो पटकको वरियतामा समेत नेपाल ९९ औं स्थानमैे थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा छ ।

त्यस्तै दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५५ औं स्थानमा छ ।

त्यस्तै, बंगलादेश १ सय ३४ औं स्थान, श्रीलंका १ सय ४० औं स्थान, माल्दिभ्स १ सय ४२ औं र भुटान १ सय ५४ औं स्थानमा छन् ।

विश्व वरियतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौंमा छन् ।

त्यस्तै इंग्ल्यान्ड छैटौं, अष्ट्रेलिया सातौं, ब्राजिल आठौं, क्यानाडा नवौं र उत्तर कोरिया १० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV