३१ श्रावण २०७७, शनिबार
  • बसन्त खतिवडा,

बारा, ३१ साउन । बाराको सिमरास्थित एक होटलबाट २ लाख ९१ हजार रुपैयाँ नगदसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा परेका छन् ।

सूचनाको आधारमा उक्त होटलमा छापा हान्दा ६ जना जुवाडे र एक जना होटल सञ्चालक नियन्त्रणमा परेका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

सिमरामा रहेको होटल न्यू सगूनमा कौडा खेलाइरहेको छ, भन्ने सूचनाको आधारमा सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट नगद २ लाख ९१ हजार ५०० रुपैया र १६ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए ।

नियन्त्रणमा परेका सबै जनालाई ईलाका प्रहरी कार्यालय, सिमरामा राखिएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत अधिकतम एक वर्ष कैद जरिवानासमेत हुने प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।

LIVE TV