३१ श्रावण २०७७, शनिबार

काठमाडौं, ३१ साउन । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त हुनु भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

बैकिङ क्षेत्रमा अनुभवी बैंकर्स रुपमा परिचित बज्राचार्य नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पहिलो पटक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो । एनसीसी बैंक र सनराइज बैकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृत भएपछि बज्राचार्य ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत बन्नु भएको हो ।

यस अघि जनता बैंक र ग्लोवल आइएमई बैंक बीच बिग मर्जरको नेतृत्व गरिरहेको ग्लोवल आइएमई बैकका तत्कालीन सिइयो परशुराम कुँवर क्षेत्रीले गत महिना राजीनामा दिएर बाहिरिएपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।

चार्टर्ड एकाउन्टेन्ट बज्राचार्य नेपाल राष्ट्र बैंक लगायतका बिभिन्न बित्तीय क्षेत्रमा काम गरेका अनुभवी बैंकर्स हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV