३१ श्रावण २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, ३१ साउन । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि मध्यपुर थिमि नगर क्षेत्र सिल गर्ने भएको छ । आज बसेको नगर प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षहरुको बैठकले भोलिदेखि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडामा सिल गर्ने निर्णय गरेको हो ।

मध्यपुर थिमि नगरपालिका भित्र हालसम्म ४१ जना कोरोना संक्रमितहरु फेला परिसकेका छन् । त्यसैले समुदायस्तरमै कोरोना फैलिएको अवस्थालाई मध्यनजर गर्दै भोलिबाट नगरपालिका क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले बताए ।

अतिआवश्यक सामान खरिद गर्नको लागि पनि बिहान ११ बजेदेखि १ बजेसम्म (२ घण्टा) मात्र समय दिने निर्णय भएको उनले बताए ।

नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा पूर्वतर्फ राधेराधेदेखि पश्चिमतर्फ मनहरा पुलसम्म कुनै पनि सवारी साधनले मान्छे चढाउन र ओराल्न पाइने छैन । त्यस्तै, भदौ ९ गतेसम्म कुनै पनि चिया पसल, खाजा पसल खोल्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV