३१ श्रावण २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३१ साउन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच गराउँदा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराउनु भएको थियो । प्रमुख पजियार होम आइसोलेससनमा रहनु भएको छ । उहाँमा कोरोनाको संक्रमण पुष्टि भएपनि लक्षण भने नदेखिएको प्रमुख पजियारले बताउनु भयो ।

न्यूज २४ संग संक्षिप्त कुरा गर्दै उहाँले भन्नुभयो ‘ मलाई हलुका फिवर आएको थियो पीसीआर जाँच गराउँदा कोरोना संक्रमणको पुष्टि भएको हो, ‘ममा कोरोना संक्रमणको पुष्टि भएपनि अहिले त्यस्तो कुनै लक्षण देखिएको छैन, म अहिले होम आइसोलेसनमा छु ।’

उहाँले पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि पीसीआर जाँच गराउन आग्रह गर्नुभएको छ । प्रमुख पजियारसंगै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५का ४८ वर्षीया एक महिलामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV