३१ श्रावण २०७७, शनिबार
  • मनिराज पाण्डे,

कालिकोट, ३१ साउन । जिल्लाको महाबै गाउँपालिकाको–३ नकुमा विहीबार राति गएको पहिरोमा परी ज्यान गुमाएका ६ जनाको सामूहिक दाहसंकार गरिएको छ । स्थानीय परम्परा अनुसार उनीहरुको पाद्मघाटमा दाहसंकार गरिएको हो ।

मृतकहरु पुष्प बिष्ट, प्रविन बिष्ट, सविना बिष्ट। आशा बिष्ट, रेखा बिष्ट र शान्ति बिष्टको एउटै चिहानमा सामूहिक दाह संकार गरिएको स्थानीय खेमबहादुर सिहले बताए ।

दाह संकारमा महाबै गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो । विहीबार राति राजबहादुर बिष्टको घरमा पहिरो जाँदा उनका २ छोरा, २ छोरी र दाजु डिलबहादुरका २ छोरीसहित ६ जनाको मृत्यु भएको थियो हो ।

राजबहादुर बिष्ट २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा बिजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV