३१ श्रावण २०७७, शनिबार

सिन्धुपाल्चोक, ३१ साउन । लिदी पहिरो प्रभावितलाई दोस्रो दिनमा खाद्यान्न सहायता पुर्याइएको छ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदी गाउँमा हिजो साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करिब १७९ घर प्रभावित भएका छन् ।अहिलेसम्म १२ जनाको सब फेला परेको र २७ जना अझै वेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले जानकारी दिएका छन् ।

घटनाको दोस्रो दिन आज १० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको छ ।

पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् । साथै, अस्थाई शौचालयका लागि २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागि १४०० मिटर पाइप पनि पठाइएको छ ।

स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गरेका छन् । भने ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्यय सामाग्री पूर्ण सेट पठाइएको थियो ।

पहिरोबाट पूर्ण क्षति भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV