३१ श्रावण २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, ३१ साउन । प्रदेश १ मा शुक्रबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, ते¥हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा जम्मा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा।सरोज विशालले बताउनुभयो । प्रदेश १ मा साउन ३१ गते सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परक्षिण गरिएको छ ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्द बढी मोरङ जिल्लामा मात्र ८ सय ८८ पुगेको छ भने झापामा ४ सय २३ जना संक्रमितहरु छन, यसै गरी सुनसरीमा ३ सय पुगेको छ भने धनकुटामा १७ , भोजपुरमा ६, खोटाङमा १३, ,उदयपुरमा १ सय ८ ,सोलुखुम्बुमा ७ , संखुवासभामा ५ जना, तेह्रथुममा ९ जना इलामामा ८० जना , पाँचथर ७ ताप्लेजुङमा १२ जना र ओखलढुङगामा १८ जना संक्रमितहरु रहेका छन् भने अन्य १६ जना रहेको सो मन्त्रालयले जनाएको छ । विराटनगरका ६ जना सहित मोरङमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV