३१ श्रावण २०७७, शनिबार

काठमाडौं, ३१ साउन । सुनसान छ न्यूरोड । चहलपहलको राजधानी मानिने राजधानी काठमाडौंको यो शहर कोरोना जोखिम बढेपछि पुनः मारमा परेको छ ।

१ सय २० लामो लकडाउन पछि चहलपहल फर्किएको थियो न्यूरोडमा तर त्यो धेरै दिन टिक्न सकेन् । काठमाडौं महानगरपालिका र वडाको सक्रियतामा आगामी भदौ ७ गतेसम्म न्यूरोड क्षेत्र सिल गरिएको छ ।

काठमाडौंको अति व्यस्त र सबभन्दा ठूलो व्यवसाय हुने यो क्षेत्रमा कोरोनाको जोखिम बढेपछि र समुदायमा नै कोरोना भाइरसको संक्रमण फैलने अवस्था देखिएपछि यस क्षेत्रको व्यवसाय बन्द गरिएको छ ।

उसैत शनिबारको दिन कम चहलपहल हुने यो क्षेत्र दिउँसो तिर पनि लकडाउन हुँदा या कफ्र्यू लगाउँदाको अवस्था झै सुनसान देखिएको थियो ।

आधुनिक नाम नयाँ सडक अर्थात न्यूरोड भएपनि पुरोना नाम जुद्ध सडकले चिनिने यो क्षेत्रमा रहेको विशाल बजारले इतिहासदेखि नै नेपाली मात्र नभइ भारतीय पर्यटकलाई पनि उत्तिकै तान्दै आएको छ ।

आगामी भदौ ७ गतेसम्म सम्पूर्ण व्यवसाय र गतिविधि बन्द गरिएपछि न्यूरोडसहित इन्द्रचोक र अर्को व्यस्त बजार असन पनि सुनसान बनेको छ ।

असनदेखि राष्ट्रिय नाँचघर निस्कने क्षेत्रमा व्यवसायिक गतिविधिसहित चहलपहल देखिए पनि कोरोनाको कहालीले भने न्यूरोड र यस क्षेत्रको व्यवसायलाई नराम्ररी ध्वस्त पारेको छ ।

 

तस्बीर : महेश्वर के.सी./न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV