३१ श्रावण २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, ३१ साउन । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक (ईर्मजेन्सी) बाहेक सबै सेवा बन्द गरिएको छ ।

भक्तपुरको मध्यपुर नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत ३ जना नर्ससहित ४ जनामा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको हो ।

अस्पतालमा कार्यरत ३ जना स्टाफ नर्स र एक जना सहयोगीमा शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

अस्पतालबाट समुदायमा कोरोना संक्रमण फैलन नदिन अस्पतालबाट प्रदान गरिदै आएका अत्यावश्यक (ईर्मजेन्सी) सेवा बाहेक अन्य सेवा आर्को सूचना नआएसम्मका लागि बन्द गरिएको अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV