३१ श्रावण २०७७, शनिबार
  • रामगोपाल तमखु,

भक्तपुर, ३१ साउन । जिल्ला प्रशासनको आदेश भन्दै भक्तपुरको प्रमुख बजारमा प्रहरीले पसल बन्द गराउन थालेपछि स्थानीय व्यापारीहरु असन्तुष्ट बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘पसल बन्द गर्नु’ भन्ने उल्लेख नभएता पनि प्रहरीले पसल बन्द गराउन थालेपछि स्थानीय ब्यापारीहरु असन्तुष्ट बनेका हुन् ।

सुकुलढोकाका ब्यापारीहरुले भने, ‘कोरोना महामारी न्यूनीकरणका लागि हो भने कति दिन बन्द गर्नुपर्ने हो ? हामी बन्द गर्न तयार छौं । तर, प्रहरीको टोली पिछे फरक–फरक बोलीले गर्दा हामीहरु दिक्क भइसकेका छौं ।’

उनीहरुले फेरि भने, ‘बिहानै खोलेर राखेको पसललाई एउटा टोली आउँन्छ बन्द गर भन्छ । अर्काे टोली आउँछ, खोलिराखेको पसलमा मान्छे भित्र छिर्न नमिल्ने गरी डोरी टाँग्नु भन्छ । कि त पसल नखोल्नु भनेर सूचना निकाल्नु प¥यो होइन भने सबै पसल खोल्न दिनु प¥यो ।’

भक्तपुरको मुख्य बजार बन्द गराइरहदा भक्तपुर नगरभित्रका गल्लीहरुमा रहेका चिया पसल, कपाल काट्ने पसल, भट्टी पसलहरु निर्वाध रुपमा चलाइरहेका उनीहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV