३१ श्रावण २०७७, शनिबार
  • उत्तम पौडेल

काठमाडौं, ३१ साउन । कास्कीमा थप ८ जनामा कोरोना कोभिड १९ संक्रमण भएको पुष्टि भेटिएको छ। पोखरा महानगरपालिकाको ५ वटा वडामा ८ जनामा कोरोना संक्रमण पाइएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

महानगरको वडा नम्बर १ मा २ जना, १४ मा २ जना, १० मा १ जना, २७ मा २ जना र १७ मा १ जना संक्रमित भेटिएका छन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय जना पुगेको छ।

पछिल्लो पटक संक्रमित भेटिएका सबैलाई आइसोलेसन लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ।

LIVE TV