३१ श्रावण २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३१ साउन । कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रदेश- २ मा अहिलेसम्म साढे ६९ हजार जनाको पीसीआर जाँच गरिएको छ । साढे ६९ हजार व्यक्तिको परीक्षण गर्दा ६ हजार ६ सय २७ जनाको रिपोर्ट पोजेटिभ र ६२ हजार ८ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

शुक्रबार सम्ममा कुल ७६ हजार ५ सय २५ जनाको स्वाब संकलन गरे पनि अहिलेसम्ममा ६९ हजार ५ सय १५ जनाको रिपोर्ट मात्र आएको हो । जसमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ हजार ५४८ जना निको भएर आफ्नो घर फर्किसकेका छन् भने कोरोनाको कारण ४२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । हाल यस प्रदेशमा ३ हजार ३८ जना संक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको कारण सबैभन्दा बढी प्रभावित भएको रौतहट जिल्लामा कुल १७ हजार ४ सय ४९ जनाको स्वाब संकलन गरिएकोमा १ हजार ३ सय ८० जनाको रिपोर्ट पोजेटिभ देखिएकाे छ भने १५ हजार ४ सय ३१ जनाको रिपोर्ट नेगेटिभ । बाँकी ६ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

त्यस्तै पर्सामा १५ हजार ४४ जनाको स्वाब संकलन गरिएकोमा १ हजार १ सय ७८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १२ हजार ९ सय ९८ जनाको रिपोर्ट नेगेटिभ र ८ सय ६८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

धनुषामा ८ हजार २ सय ४१ जनाको स्वाब लिइएकोमा ९ सय ९० को रिपोर्ट पोजेटिभ ६ हजार ३ सय ३९ को रिपोर्ट नेगेटिभ र ९ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । महोत्तरीमा ४ हजार ९ सय ५५ जनाको स्वाब संकलन गरिएकोमा ९ सय ८८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २ हजार ९ सय २ जनाको रिपोर्ट नेगेटिभ आएको हो । यहाँ १ हजार ६५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

सर्लाहीमा ७ हजार ६ सय ९९ जनाको स्वाब संकलन गरिएकोमा ८ सय ८० जनाको रिपोर्ट पोजेटिभ ५ हजार ५ सय ५३ जनाको रिपोर्ट नेगेटिभ र १ हजार २ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

शुक्रबार सम्मको तथ्यांक अनुसार सप्तरीमा ११ हजार १ सय ८६ जनाको स्वाब संकलन गरिएकोमा ६ सय ३४ जनाको रिपोर्ट पोजेटिभ ९ हजार ४ सय ७५ जनाको रिपोर्ट नेगेटिभ र १ हजार ७७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । बारामा ६ हजार ५ सय ९१ जनाको स्वाब संकलन गरिएकोमा ३ सय २० को रिपोर्ट पोजेटिभ ५ हजार ५ सय ७ जनाको रिपोर्ट नेगेटिभ र ७ सय ६४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

सिरहामा ५ हजार २ सय ८८ जनाको स्वाब संकलन गरिएकोमा २ सय ५२ को रिपोर्ट पोजेटिभ ४ हजार ६ सय १६ जनाको रिपोर्ट नेगेटिभ र ४ सय २० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै अन्य स्थानका ७२ जनाको स्वाब संकलन गरिएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेशमा ४२ जनाको मृत्यु

सामाजिक विकास मन्त्रालय प्रदेश २ को शुक्रबार सम्मको तथ्यांक अनुसार यस प्रदेशमा कोरोनाबाट हाल सम्म ४२ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढी पर्सामा १९ जनाको मृत्यु भएको छ ।

त्यस्तै धनुषामा ७, बारामा ६, सप्तरीमा ३, महोत्तरीमा २, सिरहामा २, रौतहटमा २ र सर्लाहीमा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV