३१ श्रावण २०७७, शनिबार
  • भगतराम थारू

नेपालगन्ज, ३१ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिवारदेखि जोर विजोर नम्बरका गाडीहरु पालैपालो चलाउन पाउने व्यवस्था लागु गरेको छ ।

शनिबार (आज) देखि सुरु गरेको जोर-बिजोर प्रक्रिया आजैदेखि लागु हुने जानकारी गराएको छ । आज बिजोर नम्बरका गाडी मात्र चलाउन पाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सामाजिक दुरि कायम राख्न जोरबिजोर प्रणाली लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो । कुरूम्वाङका अनुसार आज नम्बर प्लेटको अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारीसाधन मात्र संचालन गर्न पाईने जानकारी गराउनुभयो । प्रहरीले विहानैदेखि जोर विजोर गाडीलाई चेकजाँचमा कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV