३१ श्रावण २०७७, शनिबार

काठमाडौं, ३१ साउन । रसियाले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन बिकासमा सफलता पाएको चर्चा चलिरहँदा भारतले आफ्नै देशमा ३ ओटा भ्याक्सिन निर्माण भइरहेको दाबी गरेको छ । विश्वका बिकसित मुलुकहरुबीच कोरोना भाइरसको भ्याक्सिन बिकासमा होडबाजी चलिरहेका बेला शुक्रबार मात्रै बेलायतले पनि कोरोना बिरुद्धको भ्याक्सिन निर्माणका विभिन्न चरणहरु सफतापूर्वक पार गरेको प्रतिकृया दिएको थियो ।

त्यसको एकदिन नबित्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमै ३ प्रकारका भ्याक्सिन फरक-फरक चरणमा परीक्षाण भइरहेकाे खुलासा गर्नुभएकाे हाे । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीमा शनिबार बिहान आयोजना भएको सभामा सम्बोधन गर्दै  प्रधानमन्त्री माेदीले आफ्नो मुलुकमा एउटा मात्रै नभई तीन\तीन ओटा भ्याक्सिन निर्माण भइरहेकोले जनताहरूलाइ निरास नहुन अनुराेध गर्नुभएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

 

देशवासीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- ‘सबैजना खोप कहिले आउँछ भन्ने उत्सुकतामा हुनुहुन्छ। म तपाईंहरूलाई बताउन चाहन्छु कि भारतमा एउटा होइन, तीन -तीनओटा खोप अलग-अलग चरणमा परीक्षण भइरहेका छन्। एकपटक स्वीकृति पाउनेबत्तिकै व्यापक मात्रामा खोप उत्पादन गर्नेछौँ।’

उहाँले भारतमा कोरोना भाइरसको महामारी उच्च बृद्धि भइरहेकाले जनता निरासा हुनु स्वभाविक भएकाे तर अब त्यसप्रति निरासा नजनाउन सबै नागरिकलाई आह्वान गर्नुभएको छ । यद्यपि उहाँले खोप तयार भएर आउने मिति भने स्पष्ट पर्नुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV