३१ श्रावण २०७७, शनिबार

बागलुङ, ३१ साउन । निसीखोला गाउँपालिका–५ हारीगाउँमा गएराति पहिरोले एक घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।

शुक्रबार परेकाे अविरल वर्षासँगै घरमाथिबाट पहिराे खसेकाे थियाे । पहिराेले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुरिएकाे हाे । साे क्रममा उनका १४ वर्षीय छोरा विरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको जनाइएकाे छ ।

यसैगरी पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया विलसरा विक घाइते भएकी छन् । पहिरोमा पुरिएकी उनकाे उद्धार गरी उपचारका लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीले जनाएकाे छ ।

शुक्रबार राति साढे दुई बजेको समयमा पहिरो गएको हाे । घरको माथिल्लो तला (आँटी)मा सुतेका परिवारका सदस्य भने सकुशलै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV