कोरोना कहालीको भयावह अझ बढ्ने डाक्टर सुन्दरमणि दीक्षितको चेतावनी (भिडियो)



प्रकाशित मिति : Aug 14, 2020

काठमाडौं, ३० साउन । वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले कोरोना नियन्त्रणमा सरकार नचुकेको ठाउँ नै नभएको आरोप लगाउनु भएको छ ।

उहाँले कोरोना कहालीको भयावह अझ बढ्ने चेतावनी दिदै सरकारले अझै पनि बुद्धि नपुर्याए स्थिति चिन्ताजनक हुने चेतावनी पनि दिनुभएको छ ।

शुक्रबार न्यूज २४ टेलिभिजनका लागि टिभी जर्नलिष्ट रिया भण्डारीसंग कुराकानी गर्दै डाक्टर दीक्षितले लकडाउन लगाएर मात्र नहुने भन्दै नागरिक पनि उत्तिकै सचेत हुन आवश्यक भएको बताउनुभयो ।

तर, १ सय २० दिनसम्म लगाइएको लकडाउन ‘फोकट’मा गएको भन्दै उहाँले त्यसबेला पीसीआर परीक्षण बढाउनु पर्ने काम समेत नभएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

सरकारले जनस्वास्थ्य र सरोकारवाला क्षेत्रका विज्ञहरुको सुझाव नसुनेको भन्दै सीमा समयमा नै कडाइ नगर्दा अहिले यस्तो हविगत भोग्नु परेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा देखिएको संकटको जोखिम झनै चुलिने चेतावनी दिदै उहाँले सरकार पाइला पाइलामा चुक्नुको सजाय देश र जनताले भोगिरहेको बताउनु भयो ।

सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्ने बाहेक सकारात्मक कुनै काम नगरेको बताउदै अब पनि सरकार र जनता सचेत बनने आउने भयावह स्थितिले डरलाग्दो दृश्य कोर्ने चेतावनी दिनुभयो ।

कुराकारी विस्तृतमा :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com