३० श्रावण २०७७, शुक्रबार
  • सविन लामिछाने

तनहुँ, ३० साउन । जिल्लाको बन्दिपूर गाँउपालिका एक हप्ताको लागि लकडाउन गरिएको छ । गाँउपालिकाका क्षेत्रमा कोरोनाको उच्च जोखिममा रहेको भन्दै पालिकाले शुक्रबार बसेको बैठक अनुसार ३० गते देखि भदौ पाँच गते सम्मको लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्णरुपमा बन्द गरिएको गाँउपालिका अध्यक्ष पूर्णसिं गुरुङले जानकारी दिए ।

भानु नगरपालिका १ का २० जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि छिमेकी गाँउपालिका बन्दिपूरले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । उनले भने, “छिमेकी नगरपालिकाको वडामा समुदायस्तरका व्यक्तिहरुमा कोरोना पुष्टि भएपछि बन्दिपूर गाँउपालिका पनि उच्च जोखिममा परेको छ ।पालिका भित्रका सबै व्यापार, व्यवसाय, वित्तिय संस्था एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको छ ।”

“बन्दिपूरकै एकजना समुदायका व्यक्तिमा पनि कोरोना देखिएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब परीक्षणका लागि पठाएका छौ”, उनले भने ।त्यस्तै अत्यावश्यक काम बाहिरी घर ननिस्कन र निस्कन परेमा आवश्यक सर्तकता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV