३० श्रावण २०७७, शुक्रबार
  • उत्तम पाैडेल

पाेखरा, ३० साउन । विभिन्‍न व्यक्तिहरुको फेक फेसबुक आइडी बनाई अनेक बहानामा उनीहरुका आफन्त र नजिकका व्यक्तिलाई म्यासेज पठाई रकम असुल गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्जको एक बैंकमा कार्यरत कर्मचारीलाई ठगी गर्ने नियत राखी सोहि बैंकमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर विश्वासमा पारी आफुलाई अति आवश्यक परेको भन्दै नगद रू १,००,०००। (अक्षेरुपी एक लाख मात्र) रकम ठगी गर्ने जिल्ला कास्की पोखरा महानगरपालिका ३ बस्ने बर्ष २१ का रोशन हमाल ठकुरी भन्ने रोशन हमाललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ठगिएका ब्यक्तिले आफ्नै सिनियर अधिकारीलाई अप्ठ्यारोमा परेको भन्ने लागेर E-SEWA मार्फत तुरुन्त रकम ट्रान्सफर गरिदिएका थिए ।ठकुरीलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा दिन – ७ ९सात० म्याद थप गरी थप अनुसन्धान जारी रहेको ।

साथै ठकुरिले यस भन्दा अगाडि पनि विद्युतीय कारोबार ऐन,२०६३ विपरितको कसुरमा नौ महिना थुनामा रहेको साथै जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक अपराध मुद्दामा रु ५,००० धरौटीमा छुटेको खुल्न आएको । ठकुरीबाट अन्य ब्यक्तिपनि ठगिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV