३० श्रावण २०७७, शुक्रबार
  • सविन लामिछाने

तनहुँ, ३० साउन । जिल्लाको भानु नगरपालिका वडा नं १ को समुदायमा एक दिन २० जनामा कोरोना सक्रंमण देखिए पछि नगरपालिका शिल गरिएको छ । स्थानीय निर्माण व्यवसायीमा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका एक सय २२ जनाको पीसीआर परीक्षणको पछिल्लो नतिजाले उनको घर तथा छिमेकका २० जनामा संक्रमण देखाएको हो ।

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका छन्। यसले अवस्था थप जटिल बनाएको नगरपालिकाले जनाएको छ । ‘धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको हुन सक्ने नगरप्रमुख उदयराज गौलीको भनाई छ । उनले भने,‘समुदाय संक्रमणको जटिल अवस्थामा पुगेको छ ।’

एक सय २२ मध्ये केहीको परीक्षण नतिजा आउने क्रममा नै रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । अहिलेसम्म ८९ जनाको परीक्षणमा २० मा पोजिटिभ देखिएको भने बाँकीको नतिजा आउन बाँकी रहेको छ ।

संक्रमितहरुमा सबै भानु १ भन्सार क्षेत्रका छन्। यसअघि संक्रमण देखिएको व्यक्तिकै छिमेक र आसपासमा संक्रमण देखिएकाले अवस्था जटिल बन्ने देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनका अनुसार अब समुदायकै कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न नगरपालिकाले शिल गरेको जनाईएको छ ।

नगरपालिकाको क्षेत्र भित्र बाह्य मानिस, सवारी साधनलाई पूर्ण रुपमा रोक लगाईएको छ । यता नगरपालिकाले आफु सँग भए भरको जनशक्ति परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV