३० श्रावण २०७७, शुक्रबार
  • उत्तम पौडेल

पोखरा, ३० साउन पोखरा महानगरपालिकाको अनियमितता, बहुप्राविधिक शिक्षालयको बिषयमा ने।वि। संघ कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा पोखरा महानगरका मेयर विरुद्ध उजुरी दिएको बताईएको छ ।

पोखरा महानगरले निर्देशक पदमा स-सचिब सरहको जागिर मेयरले आफ्ना स्वकीय सचिबलाई खुवाउनका निम्ति पुर्ब निर्धारित खेल खेलेको हुनाले आफुहरुले मेयर विरुद्ध अख्तियारमा उजुरी दिएको नेबि संघ नेता बिपिन पौडेलले बताए ।

वि.स २०७७ साउन २७ गते गण्डकी बहुप्राविधिक शिक्षालयको निर्णय अनुसार १ जना निर्देशक चयन गर्ने र २०७७ साउन २८ देखि साउन ३० सम्म योग्यता पुगेकाले आवेदन दिन पाउने भनि महानगरपालिकाको निर्णय गरेको र अहिले कोरोना महामारीले ठाउँ(ठाउँमा लकडाउन भएको त कतै कर्फ्यु नै लगाएको अवस्थामा ३ दिने सूचना निकालेर सिधै आफ्ना नजिकका ब्यक्तिलाई जागिर खुलाउन मेयर लागि परेकाले त्यसको विरुद्धमा उत्रिएर नेवि संघ कास्की मेयर विरुद्ध उजुरी दिन अख्तियार पुगेको नेवि संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले बताए।

मेयरका स्वकीय सचिब लक्ष्मण तिमिल्सिनाले २ दिन अघि मात्र राजिनामा दिएर विभिन्न संचार माध्यम र सामाजिक संजालमा आफ्नो संभावना भन्दै फेसबुक वालमा शेयर गरेपछी मेयर मान बहादुर जि.सी.ले महानगरलाई कार्यकर्ता भर्ति केन्द्र बनाउन लागेको पनि ने।वि।संघका नेता तथा कार्यकर्ताको आरोप छ।

एकातिर ३ दिने सूचना अर्कातिर मेयरका स्वकीय सचिब नै आंकाक्षी अनि आफ्नै संभावना भन्दै सामाजिक संजालमा हाल्नु र मेयरका स्वकीय सचिबको शैक्षिक योग्यता लाई नै उक्त पदलाई चाहिने शैक्षिक योग्यताको मापदण्ड बनाउन महानगर नै लागेपछि आफुहरु अख्तियार जान बाध्य भएको ने।वि। संघ कास्कीले जनाएको छ ।

सोही बिषयमा आज पोखराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको नेबिसंघले जनाएको छ । अनियमितता तथा नीति नियम बिपरित कार्यको सधै भण्डाफोर गर्ने भन्दै आफुहरुले उजुरि गर्नुपरेको नेबिसंघले उजुरिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV