३० श्रावण २०७७, शुक्रबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ३० साउन । धनुषामा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा। सूर्यनारायण यादवसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग विशेषज्ञ समेत रहेका प्रतिनिधिसभा सदस्य डा।यादव सहित ४८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा कार्यरत एक अन्य एक चिकित्सिक सहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थय प्रयोगशालाले जनाएको छ ।

त्यस्तै जनकपुरधाम स्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तिनाथ विकास बैंकका केही कर्मचारीमा यस अघि पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यस बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रिपोर्ट ढिला आउदाँ अन्य कर्मचारीहरु संक्रमित हुदैँ आएको छ ।

जनकपुरधाम उपमहानगरमा २२ जना, धनुषा मिथिला बिहारी नगरपालिकामा १ जना, बटेश्वर गाउँपालिकामा १ जना, हंसपुर नगरपालिकामा १ जना, मुखियापट्टी गाउँपालिकामा १ जना, जमुनीवासमा १ जना, मिथिला नगरपालिकामा ६ जना, धनौजी गाउँपालिकामा १ जना र लक्ष्मीनिया गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिकामा १७ जना, औरही नगरपालिकामा १ जना र पिपरा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV