३० श्रावण २०७७, शुक्रबार

काठमाडौं ३० साउन । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले आजआरआर क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ। इकाईका अध्यक्ष पुष्कर बास्तोलाको नेतृत्वमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।

त्रिभुवन विश्व विद्यालयले लिन बाँकी परीक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको इकाई सचिव अनुराग शाहले बताउनुभयो ।

नेबि संघ आरआरका नेता धर्मेन्द्र शाहिले क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका थिए। उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेका साथिहरुलाई झुठो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभर आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV