३० श्रावण २०७७, शुक्रबार

काठमाडौँ, २९ साउन ।  ग्लोबल पीस फाउन्डेशनका संस्थापक डा‍ ह्युन जिन प्रेस्टन मुनले उत्तर कोरियाले दुई कोरियाका राज्य नेताहरूको बैठक स्थल एकीकरण परिसरलाई विस्फोट गरेर दक्षिण कोरिया प्रति प्रकट गरेको प्रतिक्रियाको कारण हामी चिन्तित भएका बताउनुभएको छ ।

दक्षिण कोरियाका सुरक्षा सचिवले एक टेलिभिजन कार्यक्रम मार्फत उत्तर कोरियाको धम्कीलाई अब कतै नसहने बताएको विषयले संसार हुन सक्ने अर्को सम्भावित खतरालाई देखेर सास थामेर बसेको डा। मुनले बताउनुभएको छ ।

यस चुनौतीपूर्ण परिस्थितिमा ग्लोबल पीस फाउन्डेशनका संस्थापक डा. ह्युन जिन प्रेस्टन मुनले यसको सभापतिको हैसियतले दक्षिण कोरिया, चीन, अमेरिका र अन्य देशका शीर्ष अधिकारीहरूलाई विश्व सङ्कट माझ उत्तर र दक्षिण कोरिया बीचको शान्तिपूर्ण पुनःएकीकरणको लागि पुनः संगठन र अवसरहरू शीर्षकको एक सम्मेलनमा एकट्ठा गर्नु भएको छ।

सम्मेलनान प्रख्यात वक्ताहरूमा हुनुहुन्छः डा.एडविन फुलनर (वाशिंगटन डीसी अमेरिकाका प्रतिष्ठित सार्वजनिक नीति संस्था हेरिटेज फाउन्डेशनका संस्थापक तथा एशिया अध्ययन केन्द्रका अध्यक्ष), राजदूत डा. हो यङ्ग आहन (उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका अध्यक्ष तथा संयुक्त राज्य अमेरिकाका लगि गणतन्त्र कोरियाका पूर्व राजदूत) डा. हुल्याओ वाङ्ग (चीन र भूमण्डलीकरण केन्द्रका संस्थापक तथा अध्यक्ष, डा। विलियम जे. पार्कर तृतीय अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शदाता र रूस, चीन, इरान र उत्तर कोरिया, आम विनाशकारी हतियार र समुद्री मुद्दाहरूमा केन्द्रित लेखकको उपस्थित रहेन छ ।

यस विश्व सम्मेलनमा एकेडेमी, मिडिया र सरकारी ओहदाका हाम्रा सबै साथी भाइ र सहयोगीहरूलाई आमन्त्रित गरेको छ । सहभागिताका प्रमाणपत्रहरू तपाइँको अनुरोध र तपाइँको उपस्थितिको प्रमाण्किरणमा जारी आयोजकले जनाएको छ ।

यस कार्यक्रम यही अगस्त १५, २०२० बिहान नेपाल समय अनुसार ४:४५ सुरु हुनेछ। कार्यक्रममा सहभागि हुनको लागि निः शुल्क रेजिष्ट्रेसन पछि, एक व्यक्तिगत एक्सेस कोड दिइने छ जस मार्फत तपाइँ विश्वभर बाट १०,००० सामेल हुन सक्ने जुम लिंकमा सहभागी हुन सक्ने छन् ।
http://www.globalpeace.org/international-forum-one-korea?fbclid=IwAR2ZkTA1sVqRTXqfhCtKBP8SHSxtirAKwTwa8CLFXhmmsX3wrUcuZBjJUE0

प्रतिक्रिया दिनुहोस्

LIVE TV