३० श्रावण २०७७, शुक्रबार
  • केदार शर्मा

चितवन, ३० साउन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा एक जना नर्स र तीन जना कार्यलय सहयोगी रहेको अस्पतालले जानकारी दिएको छ । संक्रमित चारै जनालाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

अस्पतालका चिकित्सकसहित ३९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । यस्तै क्यान्सर अस्पताल अगाडि होटल व्यवसाय गर्ने एक महिला र एक पुरुषमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालको मेडिकल वार्ड सिल गरिएको छ । आज १०० वटा नमूना परीक्षण गर्दा ९४ जनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV