३० श्रावण २०७७, शुक्रबार
  • रामगोपाल तमखु,

भक्तपुर, ३० साउन । आइसोलेशन अभावका कारण भक्तपुरका कोरोना संक्रमितहरु होम क्यारान्टाइनमै बस्न बाध्य भएका छन् ।

भक्तपुरमा केही दिनयता संक्रमितहरु तीब्र रुपमा बढ्दै गएपछि स्वास्थ्य कार्यालय भक्तपुरले संक्रमितहरुलाई नजिकको स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारान्टाइनमा राख्ने गरेको छ ।

संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि अस्पतालमा आइसोलेशन अभावका कारण २४ जना संक्रमितहरुलाई होम क्वारान्टाइन राख्नुपरेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले बताए ।

जिल्लाका अस्पतालहरुमा आइसोलेसन वार्ड कम भएको र संक्रमितहरु बढ्दै गएका अवस्थामा कोरोना पुष्टि भएकाहरुलाई घर सिल गरी होम क्वारेन्टाइनमा राखिएको प्रमुख मिजारले बताए ।

हालसम्म भक्तपुरमा संक्रमितको संख्या १ सय ९ जना पुगेको छ । जसमध्ये ५४ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV