३० श्रावण २०७७, शुक्रबार

एजेन्सी, ३० साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था जटिल भएको समाचार तथ्यहीन भएको उनको परिवारले स्पष्ट पारेको छ । केही दिनअघि कोराना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार माध्यमा उहाँको अवस्था गम्भीर रहेको भन्ने समाचारहरु आएको थियो । तर शुक्रबार उनको परिवारले अवस्था सामान्य रहेको दावी गरेको छ ।

पूर्व राष्टपति मुखर्जीकी छोरी शर्मिस्था मुखर्जीले टुवीट गर्दै भनेकी छन्- “पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत समाचार सम्प्रषण गरियो, सत्य सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु ।”

उनले आफ्ना पिताको स्वास्थ्यलाभ गर्ने शुभचिन्तकहरुप्रति धन्यवादसमेत प्रकट गरेकी छन् । र चाँडै निको हुन भन्दै अझै प्रार्थना गरिदिन पनि माग गरेकप् छन् । पूर्व राष्ट्रपति मुखर्जी केही दिनअघि कोरोना पोजेटिप पाइएपछि निरन्तर उपचारमा छन् ।

उनलाई नयाँ दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालमा भर्ना गरेर उपचार गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV