३० श्रावण २०७७, शुक्रबार
  • मनिराज पाण्डे,

कालिकोट, ३० साउन । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका ३ ताडीबाटोमा गएराति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गका धेरै ठाउँमा पहिरो गएको र हटाउने काम बिस्तारै भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

गएरातिदेखि बन्द भएको राजमार्ग खुलाउन प्रयास भइरहेको भनिएता पनि प्रभावकारिता नदेखिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV