३० श्रावण २०७७, शुक्रबार

काठमाडौं, ३० साउन । फ्रान्स र नेदरल्याण्ड्सबाट ब्रिटेन आउने सबैलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिने भएको छ । त्यहाँको यातायात मन्त्री ग्रान्ट शैप्सका अनुसार मोनाको र माल्टाबाट आउनेहरुका लागि पनि यस नियम लागू हुनेछ ।

उनका अनुसार शनिबार (भोलि) विहान चार बजेदेखि यस नियम लागू गरिनेछ । मन्त्री शैप्सका अनुसार कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि यस्तो नियम लागू गरिने भएको हो ।

पछिल्लो समय यूरोपको कयौं देशमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । सोही कारण ब्रिटेन सरकारले यस नियम लागू गर्ने निर्णय गरेको हो ।

२५ जुलाईदेखि नै स्पेनबाट आउनेहरुका लागि पनि क्वारेन्टाइनको नियम लागू गरिएको थियो । विहीबार मात्रै फ्रान्समा २५२४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका थिए । लकडाउन लागू भएपनि यो सबै भन्दा धेरै संक्रमित फेला परेका हुन् ।

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले गत मंगलबार मात्रै कोरोना संक्तमितको संख्या पछिल्लो समय दुई सातामा गलत दिशामा गइरहेको बताएका थिए । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV