३० श्रावण २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, ३० साउन । विराटनगर स्थित कोशी अस्पतालमा बिहीबार मृत्यु भएका विराटनगर १५ का ३० बर्षीय पुरुषको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले शुक्रबार मोरङको कानेपोखरी स्थित जंगलमा अन्तिम संस्कार गरेको छ ।

बिहीबार विहान ११ बजे श्वासप्रश्वासमा समस्या र ज्वरो खोकी लागेर अस्पताल भर्ना भएका पुरुषको साझ ४ः३० बजे मृत्यु भएको थियो । मृत्युपछि उनको रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतलका आइसोलेसन इन्चार्ज डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

उहाँले पहिलो रिपोर्ट नेगेटिभ आएको र शंखा लागेर पुनः टेष्ट गर्दा पोजेटिभ आएको बताउनु भयो । श्वासप्रस्वासमा समस्या र ज्वरो खोकी आएको र सिरियस अवस्थामा अस्पताल भर्ना भएका उनको लक्षण कोरोना संग मिल्ने भएका कारण स्वाब संकलन गरेर आइसोलेसनमा राखेर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । विराटनगरमा ४ सय ३९ जना संक्रमित रहेका छन् । योसंगै विराटनगरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने मोरङमा ९ जना पुगेको छ ।

कतिपय विरामीहरु अस्पतलनै आइनपुगी मृत्यु भएको छ भने कति जनाको उपचार नपाएर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV