३० श्रावण २०७७, शुक्रबार

काठमाडौं, ३० साउन । डिजिटल बजारलाई मध्यनजर गर्दै नेपालमा पहिलो पल्ट प्रिन्टिङ इकमर्स शुरु भएको छ । विगत १५ वर्षदेखि डिजाइन र प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको प्रिन्टसेवा प्रालिले साउन २२ देखि प्रिन्टिङ इकमर्सको सुविधा सार्वजनिक गरेको हो।

कम्पनीले प्रिन्टिङ ईकमर्स वेबसाईट र एप्लीकेसनको सार्वजानिक गरी सेवा विस्तार गरी सकेको छ । यससँगै अब प्रिन्टसम्बन्धी सम्पूर्ण काम अनलाइनबाटै हुने भएको छ ।

अनलाइनमार्फत प्रिन्टिङ सेवा शूरु भएसँगै ग्राहकले अब समय र पैशा दुवैको वचत गर्न सक्ने कम्पनीको विस्वास छ । ग्राहकले प्रिन्टसेवामार्फत आफूले चाहेको प्रोडक्टको डिजाईन समेत आफैले गर्न सक्नेछन् । जसको लागि कम्पनीले वेबसाइटमा विभिन्न टेम्प्लेटहरु उपलब्ध गराउनेछ । ग्राहकले अनलाइनबाटै आफ्नो अर्डरको ट्रयाकिङ र रि-अर्डर समेत गर्न सक्नेछन् ।

प्रिन्टसेवा मार्फत कागज, प्लाष्टिक, धातु, कपडा, रेग्जिन लगायतका सामाग्रीमा ३० भन्दा बढी मिडियाको प्रयोग गरी प्रोडक्ट तयार गर्न सकिने प्रिन्टसेवाका सिईओ सुरज राईले बताए । “अबदेखि घर, कार्यालय तथा अन्य निजी र व्यवसायिक प्रयोजनको लागि जस्तोसुकै प्रिन्टिङको कामको लागि डिजाइन हाउस र प्रिन्टिङ कार्यालय धाउनु पर्ने समस्या र झन्झटिलो प्रकृयाको अन्त्य भएको छ ।” राईले भने ।

प्रिन्टसेवाको शूरुवाती दिनमै ग्राहकहरुको उत्साहजनक प्रतिक्रिया पाएको सेवा आरम्भ गरेसँगै ग्राहकहरुको अर्डर दिनप्रतिदिन बढ्दै गएको कम्पनी बजार व्यवस्थापक इरान लामाले बताए । प्रिन्टसेवाले ग्राहकहरुको सुविधाको लागि देशैभर सिपिङको समेत व्यवस्था गरेको छ । कम्पनीले स्ट्याण्डर र एक्प्रेस सिपिङ मार्फत ग्राहकले चाहेको घर, कार्यालाय वा अन्य ठेगानामा सिपिङ् गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV