३० श्रावण २०७७, शुक्रबार

काठमाडाैं, २९ साउन । किरात राई विद्यार्थी संघले ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ । संघले आफनो २२ औं स्थापना दिवसको अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन वक्तृत्वकला प्रतियोगिता गर्न लागे महासचिव रविन राईले जानकारी दिए ।

कोराना भाइरस (कोभिड–१९)को महामारीसँगै सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेसँगै संघको यही भदौ १७ मनाउने स्थापना दिवसमा यसपल्ट अनलाइन वक्तृत्कला प्रतियोगिता गर्न लागेको महासचिव राईले बताए । उनले महामारीको कारण यसपल्ट स्थापना दिवसमा भर्चुयल कार्यक्रम गरी भव्यरुप मनाउने बताउँदै जिल्ला कार्यसमितिहरुलाई पनि त्यसैअनुसार सर्कुलर गरिएको समेत बताए ।

अनलाइन मार्फत हुन लागिरहेको प्रतियोगिताको प्रथम पुरुस्कार रु ३०,००० रहेको छ । यस्तै द्धितियालाई रु २०,०००, तृतियालाई रु १०,००० र सात्वानालाई रु ५००० पुरुष्कार दिइने महासचिव राईले बताए ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भिडियो रेकर्ड गरेर पठाउनुपर्ने, भिडियो एक टेकमा खिचिएको (सम्पादित नगरिएको) र बढीमा ५ मिनेटको हुनुपर्नेछ । प्रतिस्पर्धीहरुले यसरी पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मुल्याकंन गरिने उनले बताए । भिडियो इमेल तथा फेसबुक मार्फत २०७७/४/२९ देखि २०७७/५/१३ गते भित्र पठाइसक्नुपर्नेछ ।

यस्तै संघका अध्यक्ष जीतेन राईले सघंले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गररहेको बताउँदै मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा व्यवस्था भए पनि कार्यन्वयनको दिशा फितलो भएको बताए । उनले भने,‘विभिन्न चरणको आदिवासी जनजाती आन्दोलनबाट प्राप्त उप्लब्धीहरुसँगै मातृभाषामा पठनपाठन गर्ने अधिकार संबिधानमा व्यवस्था भए पनि कार्यन्वयनको दिशा एकदमै फितलो भएको अवस्था छ । यसमा राज्य पक्षको बेवास्ता र हामी सरोकारवालाको समेत कम चासो भइरहेको अवस्थामा मातृभाषामा शिक्षा वैज्ञानिकसँगै व्यवहारिक छ भनेर बुझाउन र कार्यन्वयन गर्न यो अभियान संचालन गरिहेका छौँ ।’

यस्तै उनले यस अभियान अन्तर्गत विभिन्न कार्यक्रम संञ्चालन गरिहेको बताए । उनले यस अभियानलाई केन्द्रदेखि स्थानीय तहसम्मै पुगेर विभिन्न कार्यक्रमहरु गर्ने योजना भएपनि कोरोना महामारीका कारण जान नसकेको बताए । उनले यसअभियान अन्तर्गत अन्तरक्रिया, प्रशिक्षण, भर्चुयलका साथै दवाब मुलक कार्यक्रमहरु सञ्लालन गरिरहेको जानकारी दिए ।

यस्तै उनले यो प्रतियोगितामा यसै अभियान अन्तर्गत गरिएको बताउँदै अभियानलाई सफल बनाउन आफनो ठाउँबाट सहयोग गर्ने अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV