३० श्रावण २०७७, शुक्रबार
  • मनिराज पाण्डे

कालिकोट, ३० साउन  । कालिकोटको महावै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ जना बालबालिका बेपत्ता भएका छन् । बिहिबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको घटना स्थलमा रहेका स्थानीय खेमबहादुर सिहले बताउनुभयो ।

घटना स्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तीकै प्रहरी घटना स्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

महाबै गाउँपालिकामा संचार सेवा उपलब्ध नभएकाले त्यहाँको प्राप्त विवरण आउन सकेको छैन । गएराति जिल्लाका बिभिन्न स्थानमा पहिरो गएको प्रारम्भिक जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV