३० श्रावण २०७७, शुक्रबार

एजेन्सी, ३० साउन । स्पेनिस टोली एटलेटिको म्याड्रिडलाई पराजित गर्दै जर्मन क्लब आरबी लाइप्जिग यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति पोर्चुगलको लिस्वनस्थित इटाडियो जोसे अल्भालाडे रंगशालामा भएको क्वाटरफाइनलको खेलमा लाइप्जिगले एटलेटिकोलाई २-१ गोलले पराजित गर्यो ।

साबिक च्याम्पियन लिभरपुललाई अन्तिम १६ मा सनसनीपूर्ण रूपमा हराएर अघि बढेको एटलेटिको सुरुआतबाटै दबाबमा परेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

दोस्रो हाफ सुरु भएको ५ मिनेटमै लाइप्जिगले आग्रता लिएको थियो । ड्यानी ओल्मोले ५० औँ मिनेटमा गोल गर्दै लाइप्जिगलाई दिलाएका थिए । त्यसपछि दबाबमा परेको एथ्लेटिकोका लागि खेलको ७१औं मिनेटमा सब्सिच्युट खेलाडी जोआओ फेलिक्सले पेनाल्टीमार्फत् गोल गरे । बक्समा लेइपजिका खेलाडीले फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा फेलिक्स आफैंले पेनाल्टी प्रहार गरेर गोल गर्दै खेल १-१ बनाए ।

८८औं मिनेटमा टेलर अडाम्सले गोल गर्दै लाइप्जिगलाई २-१ को अग्रता दिलाए । अनमार्क रहेका उनले ब्याक पासमा हानेको शक्तिशाली सटले रिफ्लेक्ट हुँदै जाली चुमेको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल लाइप्जिगले जित्यो ।

लाइप्जिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । पीएसजीले बुधबार राति एटलान्टालाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV