२९ श्रावण २०७७, बिहीबार

काठमाडौं , २९ साउन । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडी मध्ये ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।एक खेलाडीको भने पुनः परीक्षण गर्नु पर्ने भएको छ । परिक्षण गरिएका खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना परीक्षण गरिएको ५४ मध्ये ५३ एन्फाले जनाएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई प्रतियोगिता भने स्थगित भएको छ ।

एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV