२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । कोरोना भाइरस संक्रमितको मृत्युपछिको शव व्यवस्थापनमा भएका कमजोरीहरुले समस्या बढाएको छ । परम्परागतरुपमा शव व्यवस्थापन गर्न पाउनुपर्ने आवाज उठ्न थालेको छ ।

तर, स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न नसके कोरोना संक्रमण फैलिने चिन्ता सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

हालसम्म मृत्यु भएका ९५ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ । तिनको शव व्यवस्थापनमा हेल्चेक्र्याइ त भएको छैन रु चिन्ता चासो लिन थालिएको छ । परम्पराका आधारमा शव व्यवस्थापन गर्न चाहनेहरुले के गर्नुपर्ला रु सरकारले केही मापदण्ड सार्वजनिक गरेको छ ।

मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा के गर्ने ?

–कोभिड नाइन्टिनका कारण मृत्यु भएका शव परम्परागत चलन बमोजिम अन्त्येष्टि गर्न शव र स्थानमा विशेष सावधानी अपनाउने ।

–शवलाई कपडाले बेर्नुपर्छ र नाक, मुख, कानबाट तरल पदार्थको चुहावट रोक्नका लागि नाक, मुख, कानका प्वालमा कपास राखिदिनुपर्दछ ।

–अस्पताल, शव परीक्षण गृह, शववाहन, चिहान, मैदान वा अन्त्येष्टि गर्ने स्थानमा शवको व्यवस्थापनमा काम गर्ने सबै व्यक्तिहरुले संक्रमण रोकथाम विधिहरु अपनाइ सुरक्षा सामाग्रीहरुको प्रयोग गर्नुपर्छ ।

–शव वाहन चालक, कर्मचारी, मलामी सबैले मास्क प्रयोग गर्नुपर्छ । शव बाहन नभएमा खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनुपर्दछ । शव छुने व्यक्तिले अनिवार्य रुपमा पानी नछिर्ने एप्रोन, पन्जा, सर्जिकल मास्क, चस्मा, गम बुट, लामो बाहुला भएको गाउन र जुत्ताको खोल प्रयोग गर्ने ।

–मृत शरीरलाई सकेसम्म धेरै नचलाउने ।

–विरामीको मृत्यु घरमै भएको अवस्थामा परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्ठि गर्नुपर्छ । बालबालिका र बृद्धबृद्धालाई सहभागी नगराउने ।

–मृत शरीरलाई अन्त्येष्टि गर्ने स्थानमा लगेपछि शव वाहन र स्ट्रेचरलाई शून्य दशमलव ५ प्रतिशत सोडियम क्लोराइड वा ७० प्रतिशत इथानोल वा साबुन पानीले सफा गर्ने ।

–परिवार वा शुभेच्छुकले मृत शरीर टाढाबाटै हेर्नुपर्छ ।

–अन्त्येष्टि गर्ने स्थलमा ठूलो जमघट गर्न हुँदैन । १ मिटरको भौतिक दूरी कायम गर्नुपर्छ ।

–शव व्यवस्थापनमा रोकावट भएमा हटलाइन नम्बर ११४० मा सम्पर्क गर्न सकिनेछ ।

भाइरस संक्रमितको शव व्यवस्थापनमा ध्यान दिन नसके अन्यलाई समेत संक्रमण फैलिने सम्भावना हुन्छ । यसर्थ, शव व्यवस्थापनमा ध्यान पुर्याउन विज्ञहरुले समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV