२९ श्रावण २०७७, बिहीबार
  • सुमन कार्की

पाल्पा,२९ साउन । तानसेनमा पहिलो पटक समुदाय स्तरमा एक जनामा कोरोना पुष्टि भएसंगै तानसेन वडा नं.४ सिल गरिएको छ ।

आज प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । उनी गृहणी हुन् भने उनलाई लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएको वेला विरामी संगै उनको पनि बुधबार पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो ।

स्थानीय स्तरमा संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिका को वडा नं.४ सिल गरेको छ । तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरिशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा पसल र दक्षिणमा पेट्रेलपम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र समेत आज साझ ८ वजेदेखि अर्को निर्णय नभएसम्मको लागि सिल गरिएको सहायक जिल्ला प्रमुख अधिकारी दुर्गा बञ्जाडेले जानकरी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV