२९ श्रावण २०७७, बिहीबार
  • ज्योति कुमार पन्थि

बर्दिया, २९ साउन । गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ बैक सञ्चालन भएको भवन सुरक्षा निकाय र गुलरिया स्वास्थ्य शाखाका कर्मचारिहरूले शिल गरेका छन्।

गुलरियामा रहेको शाखामा कार्यरत रहेका दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पुरै भवनलाई शिल गरिएको हो । बैकका कर्मचारीहरूको स्वाव परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको थियो । सुरक्षाका लागि भवन नै शिल गरिएको हो, गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुनिल पाण्डेले भन्नुभयो ।

मुक्तिनाथ बिकास बैंकको शाखा रहेको भवन नै शिल गरे पछि त्यस भवनमा रहेको अर्को एक बैंक र बिमा कम्पनी समेत संगै शिल भएका छन् । शिल कहिले खोल्ने भन्ने विषय भवनमा कार्यरत कर्मचारीहरुको पीसीआर परीक्षणको अवस्था र रिपोर्ट हेरेर तय गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारि गणेश बिक्रम शाहले बताउनु भयो ।

बर्दिया जिल्लामा पछिल्लो समय बैकका कर्मचारीहरूमा कोरोना संक्रमण अत्याधिक देखिन थालेको छ । बिहीबार मात्र बासगढि नगरपालिका स्थित कुमारी बैंकका पाँच जना कर्मचारीहरूलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV