२९ श्रावण २०७७, बिहीबार

जनकपुरधाम, २९ साउन । कोरोना संक्रमणबाट ज्यान गुमाएका जनकपुरका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति नेपाली काँग्रेस धनुषाले शोक व्यक्त गरेको छ ।

विहीबार नेपाली काँग्रेस, धनुषाको पदाधिकारी बैठकले पार्टीका जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्षसमेत रहेका जनकपुरका पूर्व मेयर गिरीको निधनप्रति शोक व्यक्त गरेको हो ।

बैठकले समाज एवं पार्टीमा स्वर्गीय गिरीले पु¥याएका योगदानको कदर तथा सम्मान गर्दै जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखेर ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ ।

त्यस्तै, पार्टीको दैनिक कामकारवाहीसमेत स्थगित गरी शोक मनाउने निर्णय भएको जिल्ला सभापति महेश शंकर गिरीले जनाए ।

१५ दिन अगाडि कोरोना संक्रमित भएका गिरीको मंगलबार राति ७३ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV